बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार गण्डकी प्रदेश

सशस्त्र प्रहरीले भन्यो- पद यात्रामा सावधान रहनू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
सशस्त्र प्रहरीले भन्यो- पद यात्रामा सावधान रहनू
तस्बिर : सशस्त्र प्रहरी
काठमाडौं, फागुन १९ :

सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

चुमनुब्री १, साम्दो क्षेत्रमा हाल तीन फिटसम्म हिउँ परेकाले सो पदमार्गमा यात्रा गर्ने पर्यटकलाई सावधान रहन भनेको हो । केही दिनयता भएको भारी हिमपातले बाटो अवरुद्ध भएपछि बीओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ ।

यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बीओपी स्थापना गरिने योजना रहेकाले हाल रहेका बीओपीहरुले ती क्षेत्रमा विपद् उद्धारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ ।

हाल उत्तरतर्फ १० वटा बीओपी रहेकामा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालीन लक्ष्य रहेको छ । हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाका लागि सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा फोन गर्नसमेत अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार