आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

ओली र प्रचण्डको डिजाइनमा जसपालाई विभाजन गराइएको हो : अध्यक्ष यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
ओली र प्रचण्डको डिजाइनमा जसपालाई विभाजन गराइएको हो : अध्यक्ष यादव
काठमाडौं, फागुन १९ :

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालका प्रधानमन्त्री केपी शर्मा ओली र  माओवादीका अध्यक्ष पुष्पकमल दाहालको डिजाइनमा जसपालाई विभाजन गराइएको आरोप लगाएका छन्।

केन्द्रीय समितिको आइतबारको बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले यादव अमेरिका भ्रमणमा रहेकै बेला पार्टी फुटाएको स्मरण गराए । १२ सांसद रहेको जसपा गत वैशाखमा विभाजन भएको थियो । जसपा विभाजनपछि अध्यक्ष यादव पक्ष प्रतिनिधिसभामा पाँच सिटमा सीमित भएको छ ।

यसैबीच अध्यक्ष यादवले सत्ताप्रतिको मोहका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको आरोप लगाएका छन् । उनले प्रचण्डको जालझेल, षड्यन्त्र र अस्थिर अभिव्यक्तिले सरकारको विश्वासमा कमी ल्याएको बताए ।

प्रचण्डको निरन्तर महत्त्वाकांक्षी दृष्टिकोण र समय समयमा आएका राजनीतिक खेलहरूले उनका सरकारलाई कमजोर बनाएको अध्यक्ष यादवको भनाइ थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार