काठमाडौं, फागुन १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपाले केन्द्रीय सदस्य थापा अमेरिकाको हिरासतमा परेको पुष्टि गरेको छ ।

थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । थापाले कानुनी प्रक्रियाहरु देखाउँदै त्यसको किनारा नलागेसम्म आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन् । 

'मोहन थापाले यसअगावै नै 'आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन' निवेदन दिएर जानुभएको थियो,' झाले भनेका छन् ।