सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

जनवर्गीय संगठनका पदाधिकारी संख्या घटाइयो, मुख्यमन्त्री र मन्त्रीको भेला बोलाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
जनवर्गीय संगठनका पदाधिकारी संख्या घटाइयो, मुख्यमन्त्री र मन्त्रीको भेला बोलाइने
काठमाडौं, फागुन १९ :

नेकपा एमालेले आफ्नो जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनामा सीमित गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । यसअघि जनवर्गीय संगठनमा १७ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था थियो ।

अब पार्टीको जनवर्गीय संगठनमा अध्यक्ष एकजना, उपाध्यक्षमा एकजना महिलासहित दुईजना, महासचिव एकजना, उपमहासचिव एकजना र प्रचार, विदेश मामिला र संगठन हेर्ने गरी तीन सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी रहनेछन् ।  महासचिव शंकर पोखरेलका अनुसार संगठनमा अब केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहनेछन् ।

साथै बैठकमा स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय भएको छ । पार्टीका नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न राष्ट्रिय भेला र प्रदेशस्तरीय संयुक्त भेला आयोजना गर्ने निर्णय पनि बैठकले महासचिव पोखरेलले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार