
नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण आजबाट रुपन्देहीको भैरहवामा सुरु हुँदै छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि हुने प्रशिक्षणमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी हुँदै छन् ।
१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहका लागि पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवालगायत नेताहरु सहभागी हुने रुपन्देही १ का क्षेत्रीय सभापति हीरा खत्रीले जानकारी दिए ।
प्रशिक्षणका लागि धेरैजसो नेताहरु रुपन्देही पुगिसकेका छन् ।