गोरखा, फागुन २० :

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी  बोकेको ईभी माइक्रोबस आज बिहान आँबुखैरेनी- गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।