काठमाडौं, फागुन २० :

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। 

हृदयाघात भएपछि  शाहलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पताल स्रोतले जनाएको छ । पारसलाई भेट्न उनका परिवार अस्पताल पुगेका छन् ।

उनलाई यसअघि पनि मुटुमा समस्या हुने गरेको थियो। पहिला पनि मुटुकै समस्याले गर्दा अस्पताल भर्ना गर्नु परेको थियो । चिकित्सकका अनुसार पारसलाई अहिलेसमेत चौथो पटक हृदयघात भएको हो । शाहको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । वंशाणुगतका कारणले नै पारसलाई पटकपटक हृदयघात हुने गरेको चिकित्सकको अनुमान छ ।