काठमाडौं, फागुन २० :

नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ७४ दशमलव २४ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने १३ दशमलव ६२ अंकले घटेर २८ सय ७६ दशमलव ६६ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले घटेर चार सय ८० दशमलव ५९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सयवटा कम्पनीको एक लाख ३९ हजार पाँच सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता सेयर खरिद बिक्री भए । जसमा कुल कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैयाँ पुग्यो

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँचवटा समूहको सूचक बढेर बाँकीको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ९४ अंकले घटेर १४ सय ४७ दशमलव ६९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ५० दशमलव शून्य सात अंकले घटेर पाँच हजार नौ सय तीन दशमलव ८८ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक २७ दशमलव २३ अंकले घटेर २८ सय ९५ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक ४७ दशमलव ४१ अंकले घटेर तीन हजार आठ सय ४७ दशमलव ३४ अंकमा झरेको छ । यीबाहेक होटेल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समूहको सूचक क्रमशः एक सय ३३ दशमलव शून्य नौ, शून्य दशमलव २९, ४७ दशमलव १९ र ३६ दशमलव ५८ अंकले घटेका छन् ।

जीवन बिमा समूहको सूचक भने एक सय १३ दशमलव २१ अंकले बढेर १४ हजार ६ सय ७१ दशमलव ८७ अंकमा चढेको छ ।  निर्जीवन बिमा समूहको सूचक ६२ दशमलव शून्य ६ अंकले बढेर १३ हजार चार सय ५९ दशमलव १५ अंकमा चढेको छ ।

यसैगरी उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समूहको सूचक क्रमशः २० दशमलव ३१, शून्य दशमलव शून्य २० र ४२ दशमलव २२ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।