
काठमाडौँ, फागुन २१ :
ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङको पाइप गाडेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ ।
स्थानीय बासिन्दाले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेको भएपनि निभेको छैन ।
बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
घटनाबारे जानकारी लिन ललितपुरको प्रहरी टोली टीकाथली पुगेको छ । प्रहरीका अनुसार यसबारे थप विवरण आउन बाँकी छ ।