जनकपुर, फागुन २१ :

मधेस प्रदेश सरकारको आवासीय क्षेत्रमा शव फेला परेको छ ।  मधेस भवन परिसरमा मधेसी सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका हुन्।

 जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार मधेसी सहिद प्रतिष्ठानका सदस्य अन्दाजी ४० वर्षीय यादव मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

जनकपुर–चुरोट कारखानाभित्र रहेको सरकारी निवासमा बसिरहेका यादवको बेडरुम छेउको कोठामा एक जना १४ वर्षका सहयोगी पनि थिए । उनीसित पनि धनुषा प्रहरीले सोधपुछ गरेको छ । मृतक यादवको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।