काठमाडौं, फागुन २१ :

काठमाडौंको थापाथली चोक नजिक फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मत गरिएको छ ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन मर्मत गरेको हो ।

आज बिहान थापाथली चोकबाट नर्भिक अस्पताल आउने सडकको मुखैमा एक्कासी पाइप फुटेपछि सडक भत्किनुका साथै वरपरका पसलमा समेत क्षति पुगेको थियो ।

पाइप फुट्दा त्यस क्षेत्र जलमग्न  हुनुको साथै पानी नजिकका घर र पसलहरूमा पसेको थियो । प्रारम्भिक अध्ययन अनुसार पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने बताइएको छ । खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।