
ललितपुर, फागुन २१ :
स्वर्गद्वारी गुठी पीडितहरूले आफूहरुको मागको सुनुवाइका लागि प्रमुख दलको कार्यालय अगाडि धर्ना दिन सुरु गरेका छन् ।
जसअन्तर्गत मंगलबार नेकपा एमालेको पार्टी कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरू माइतीघरमण्डलादेखि र्यालीसहित च्यासलस्थित एमालेको पार्टी कार्यालय अगाडि धर्ना दिन पुगेका थिए ।
काठमाडौंका प्रमुख सडक-चोकमा धर्ना दिँदै आएका गुठी किसानहरु प्रमुख दलको कार्यालय अगाडि धर्ना दिन थालेका हुन् ।
यसरी नै कांग्रेस, माओवादी केन्द्र र रास्वपाको पार्टी कार्यालयमा पनि धर्ना दिने उनीहरूले जनाएका छन् । आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरु करिब एक महिनादेखि काठमाडौंमा रहेर प्रदर्शन गर्दै आएका छन् ।