सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार विदेश

अमेरिकाको अवैध आप्रवासी निष्कासन अभियान तीव्र : १० नेपालीलाई बुधबार फर्काउँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
अमेरिकाको अवैध आप्रवासी निष्कासन अभियान तीव्र : १० नेपालीलाई बुधबार फर्काउँदै
फाइल तस्बिर।
काठमाडौं, फागुन २१ :

अमेरिकाले अवैधरुपमा बसोबास गरेका १० नेपालीलाई चार्टर विमानमार्फत बुधबार फर्काउँदै छ । आधिकारिक कागजात नभएका उनीहरु बुधबार(भोलि) बिहान काठमाडौं आइपुग्नेछन् ।

 अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान  बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । यसअघि गत मंसिर ३० मा पनि  अमेरिकाले चार्टर विमानमार्फत ८ जना जनालाई नेपाली पठाएको थियो । 

अमेरिकाले त्यहाँ अवैध रुपमा बसोबास गरेका ठुलो संख्याका भारतीय नागरिकलाई पनि केही हप्ताअघि चार्टर विमान मार्फत सम्बन्धित प्रदेशमा पुर्याएको थियो ।डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार