काठमाडौँ, भदौ ६ :

नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजबाट सुरु हुँदैछ ।

पहिलो दिन बिहान ११ बजे आज बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्ने छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ।

बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्र सहितका प्रस्तावमाथि छलफल र परामर्श हुने बागमती प्रदेशका इन्चार्ज अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बागमती प्रदेश अन्तर्गतको परामर्श समितिको बैठक भोलि सम्म चल्नेछ भने अन्य प्रदेश र मोर्चा कमिटीहरुको बैठक आगामी असोज ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।