काठमाडौं, फागुन २२ :

कुमारी बैंक लिमिटेड र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारीका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताबमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकलाई आन्तरिक ल्याब टेस्टमा २० प्रतिशत र बाह्य ल्याब टेस्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ ।