
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमै कार्यसम्पादन विवरण नबुझाएकाले शून्य अंक प्राप्त गरेको बारेमा प्रस्ट पारेका छन् ।
तनहुँमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ? यसमा पनि त्यही भएको हो।’ विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने समेत उनले बताए । सरकारलाई आवश्यकता भएको बेला कर्मचारी हटाउन सक्ने भन्दै मन्त्री खड्काले उनलाई हटाएन कुनै चलखेल नगरेको दाबी गरे।
‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।’ मन्त्री खड्काले भने, ‘नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुरयाउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिन्छ। ’
कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्मा विपक्षी दलहरुले प्रश्न गरे बमोजिम सभामुखले रुलिङ गरिसकेका छन् ।