
नेप्सेको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३० दशमलव ३६ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) पनि २५ दशमलव १६ अंकले घटेर २८ सय २१ दशमलव १३ अंकमा झरेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७० अंकले घटेर चार सय ६९ दशमलव ५६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय आठ कम्पनीको एक लाख एक हजार ६ सय तीनपटकको कारोबारमा दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा व्यापार समूहको सूचक १८ दशमलव ५७ अंकले बढेर चार हजार दुई सय ८४ दशमलव ८३ अंकमा चढेको छ । बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ८९ अंकले घटेर १४ सय १७ दशमलव ४६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ७७ दशमलव २५ अंकले घटेर पाँच हजार आठ सय तीन दशमलव ४६ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ४४ दशमलव शून्य चार अंकले घटेर २७ सय ९० दशमलव शून्य एक अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि १४ दशमलव १७ अंकले घटेर तीन हजार सात सय ९१ दशमलव २७ अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई सय १२ दशमलव १३ अंकले घटेर १४ हजार तीन सय ५८ दशमलव १५ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय एक दशमलव ८३ अंकले घटेर १३ हजार एक सय सात दशमलव ६९ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः ७२ दशमलव १९, एक दशमलव ४४, ७२ दशमलव ३७, २६ दशमलव २३, शून्य दशमलव शून्य तीन र १९ दशमलव ६१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने पहिलो स्थानमा हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।