
प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश पारित भएको छ । प्रधानमन्त्री केपी ओली सरकारले ल्याएको भूमिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशबाहेक अरु पाँचवटा अध्यादेशलाई बहुमतले पारित गरेको हो । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई होल्डमा राखेर ती अध्यादेशरूलाई पारित गरेको हो ।
प्रतिनिधिसभाले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा उत्तरदायित्व अध्यादेश, निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश र सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश पारित गरेको हो ।
अब ती अध्यादेशहरू राष्ट्रियसभाले पारित गर्नुपर्नेछ । जसपा नेपालको सहयोगमा ती अध्यादेशरू पारित गर्ने तयारी छ । सरकारले भोलिको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।