काठमाडौं, फागुन २३ :

नेप्से पुन: घटेको छ । अघिल्लो तीन दिन लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि दुई दशमलव ७० अंकले घटेर २८ सय १८ दशमलव ४३ अंकमा झरेको छ । (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने एक दशमलव शून्य तीन अंकले बढेर चार सय ७० दशमलव ६० अंकमा चढेको छ ।

नेप्सेमा आज ३१० कम्पनीको ९३ हजार आठ सय ९५ पटकको कारोबारमा एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चारवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४३ अंकले बढेर १४ सय १७ दशमलव ९० अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि एक सय आठ दशमलव १५ अंकले बढेर पाँच हजार नौ सय ११ दशमलव ६१ अंकमा पुगेको छ । यसैगरी उत्पादनमूलक र लघुवित्त समूहको सूचक क्रमशः १८ दशमलव ६१ र दुई दशमलव ७२ अंकले बढेका छन् ।

फाइनान्स समूहको सूचक भने ६ दशमलव ६९ अंकले घटेर २७ सय ८२ दशमलव ५९ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक दुई दशमलव ४७ अंकले घटेर तीन हजार सात सय ८८ दशमलव ७९ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय १५ दशमलव ४३ अंकले घटेर १४ हजार दुई सय ३८ दशमलव ४२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ६ दशमलव २२ अंकले घटेर १३ हजार एक सय एक दशमलव ४६ अंकमा झरेको छ । यीबाहेक होटेल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ३८ दशमलव ८७, शून्य दशमलव १६, शून्य दशमलव शून्य तीन, १८ दशमलव १० र १० दशमलव ३५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इस्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा नबिल डिबेन्चर २०८२ पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।