आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट #भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस#गगनकुमार थापा#काठमाण्डु गोर्खाजको जित#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट
समाचार

चन्द्रागिरिको प्लास्टिक प्याकेजिङ कारखानामा भीषण आगलागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
चन्द्रागिरिको प्लास्टिक प्याकेजिङ कारखानामा भीषण आगलागी
काठमाडौँ, फागुन २४ :

काठमाडौँको चन्द्रागिरि नगरपालिका- १० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ कारखानामा आज आगलागी भएको छ ।

पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो ।  

आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी  परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । प्लाष्टिक कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन सातवटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए ।

आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार