
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०-२०८१’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजै दिउँसो १ : १५ बजे बस्ने राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठकमा कृषि तथा पशपुन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सुरक्षा परिषद्को आ.व. २०८०- ७९ को छैटौँ वार्षिक प्रतिवेदन” सभासमक्ष पेस गर्नेछन् ।
बैठकमा अर्थ मन्त्री विष्णु पौडेलले “ प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ ।