काठमाडौं, फागुन २४ :

नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बिहान बाँडफाँट गरिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेकाम १८ लाख १७ हजार १४८ जनाले दुई करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका निम्ति आवेदन परेको थियो ।

प्राप्त आवेदनमध्ये १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएका थिए भने १० हजार ३८६ आवेदन रद्द भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले जनाएको छ ।

एक लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट एनआईएमबी एस क्यापिटल र मेरो सेयरबाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिनेछ ।