बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
अर्थतन्त्र सेयर बजार भिडियो

२८१८ अंकमा नेप्से, बिक्री चाप बढ्दा साढे ६२ अर्ब सेयर किनबेच

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
२८१८ अंकमा नेप्से, बिक्री चाप बढ्दा साढे ६२ अर्ब सेयर किनबेच
फागुन २४ :

लगानीकर्ताहरुका लागि यो साता सेयर बजार औसतमै बितेको छ । सुरुवाती दिन नेप्से उच्च अंकले बढे पनि यसले अन्तिम कारोबार दिनसम्म निरन्तरता पाउन सकेन । पहिलो दिन बढेको नेप्से त्यसपछिका दिनहरुमा भने लगातर ओरालोमा नै बित्यो । जसले गर्दा नेप्से परिसूचक सातामा २,८१८.४३ विन्दुमा कायम रहन पुग्यो । (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४७०.६० अंकमा कायम रह्यो ।

यो साता ३१८ कम्पनीको पाँच लाख ९६ हजार नौ सय ८५ पटकको कारोबारमा १२ करोड ९१ लाख ८२ हजार पाँच सय ३९ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ६२ अर्ब ५५ करोड ५९ लाख ५२ हजार चार सय २७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा २० अर्ब रुपैयाँले बढी हो । गत साता ४३ अर्ब ९३ करोड ५५ लाख ९० हजार चार सय १५ रुपैयाँको मात्र सेयर कारोबार भएको थियो ।

उक्त साता ३२८ कम्पनीका चार लाख २१ हजार सात सय ६९ पटकको कारोबारमा आठ करोड ६३ लाख ८२ हजार एक सय सात कित्ता सेयर खरिद-बिक्री हुँदा उक्त परिमाण रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन खुला थियो । त्यसमध्ये पहिलो दिन उकालो लागेको नेप्से बाँकी दिनहरुमा भने लगातार ओरालो लागेको थियो ।

यो साता पहिलो दिन नेप्से ७५ दशमलव २४ अंकले बढेर २८ सय ९० दशमलव २८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४७ अंकले बढेर चार सय ८४ दशमलव ३० अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से १३ दशमलव ६२ अंकले घटेर २८ सय ७६ दशमलव ६६ अंकमा खुम्चिँदा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले घटेर चार सय ८० दशमलव ५९ अंकमा खुम्चिएको थियो ।

तेस्रो दिन पनि नेप्से ३० दशमलव ३६ अंकले घटेर २८ सय ४६ दशमलव ३० अंकमा खुम्चिँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३१ अंकले घटेर चार सय ७५ दशमलव २७ अंकमा खुम्चिएको थियो । चौथो दिन पनि नेप्से २५ दशमलव १६ अंकले घटेर २८ सय २१ दशमलव १३ अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७० अंकले घटेर चार सय ६९ दशमलव ५६ अंकमा खुम्चिएको थियो ।

पाँचौं दिन नेप्से दुई दशमलव ७० अंकले घटेर २८ सय १८ दशमलव ४३ खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव तीन अंकले बढेर चार सय ७० दशमलव ६० अंकमा चढेको थियो ।

यो साता हिमालयन री-इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट आदिको बढी रकम कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनी र हिमालयन री-इन्स्योरेन्स कम्पनीको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार