
काठमाडौं, फागुन २४ :
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आज (शुक्रबार) उनले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफाल्न आग्रह गरेका हुन् ।
महासचिव पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको स्पष्ट पार्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको दाबी गरे ।
‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो,’ पोखरेलले लेखेका छन् ।