काठमाडौं, फागुन २४ :

त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि संघर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्ष तोडफोड गरेका हुन् ।

केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । त्रिवि संघर्ष समितिका नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि विद्यार्थीहरूले तोडफोड गरिएको जनाएका छन् ।

त्रिविले विभिन्न ४ विभागलाई केन्द्रीय विभाग बनाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई केन्द्रीय विभाग बनाएको थियो ।