
काठमाडाैं, फागुन २५ :
राष्ट्रिय मानव अधिकार आयोगले विवाह गर्न पाउने उमेरबारे विस्तृत अध्ययन गर्ने भएको छ।
आयोगका अध्यक्ष तपबहादुर मगरले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा यस विषयमा अनुसन्धान अघि बढाउने जानकारी गराएका हुन्।
उनले बालविवाहका घटनाले सामाजिक समस्या निम्त्याइरहेको उल्लेख गर्दै, विवाहको उमेर घटाउन सुझावहरू प्राप्त भएको बताए।
महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको भए पनि पछिल्लो समय विवाह गर्ने उमेर घटाउनुपर्ने माग उठ्न थालेको छ। आयोगले सातै प्रदेशमा अध्ययन गरेर सरकारलाई सुझाव दिने जनाएको छ।हाल नेपालको कानुनअनुसार विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ।