
काठमाडाैं, फागुन २५ :
चीनको तिब्बतस्थित डिङ्ग्ये काउन्टी आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १४:३५ बजे शक्शिशाली भूकम्पको धक्का महसुस भएको हो । भूकम्पबाट भएको क्षति तथा प्रभावबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन।
आज बिहान मात्रै म्याग्दी र बागलुङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पछिल्लो केही दिन यता दैनिक जसो भूकम्प गइरहेको छ ।