तनहुँ, भदौ ६ :

 तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा आज साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

अविरल बर्षाका कारण पहिरो खसेको हो । 

 राजमार्ग विस्तारको क्रममा खुकुलो अवस्थामा रहेको माटोको ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।

सो पहिरो पन्छाउन करिव १ दिन लाग्ने प्रहरीको भनाइ छ। यात्रुहरुलाई घाँसीकुवाबाट दरै पधेँरा हुँदै तालघरे निस्किने वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।