बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडाैं, फागुन २५ :

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।  

शीतलनिवासमा शनिबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकको समसामयिक परिस्थिति लगायतबारे कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै, संघीयता कार्यान्वयनका चुनौती, संविधानको प्रभावकारी कार्यान्वयन, आर्थिक अवस्थालगायत विषयमा पनि छलफल भएको बुझिएको छ ।

पछिल्लो समय देखिएका राजनीतिक असन्तुष्टि तथा सरकारप्रति विभिन्न क्षेत्रबाट उठिरहेको आलोचनाकाबीच भएको यो भेटलाई चासोका साथ हेरिएको छ ।  यद्यपि उनीहरुबीचको यो भेटलाई नियमित भेटघाट भनिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार