मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी #प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
खेलकुद फुटबल

गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’को उपाधि गुठी युनाइटेडलाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’को उपाधि गुठी युनाइटेडलाई
गण्डकी, फागुन २६ :

गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाइटेड क्लबले जितेको छ । 

बागलुङ जेसीजद्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई  ट्राइबेकरमा पराजित गर्दै युनाइटेड क्लबले तेस्रो संस्करणको जेसीज कप उपाधि जितेको हो । 

बाङ्गेचौर खेलमैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फको एक/ एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा साविक विजेता बागलुङ सुधार केन्द्रविरुद्ध ४- ३ गोलको जित निकाल्दै युनाइटेड क्लबले उपाधि जितेको हो । 

खेलको दोश्रो हाफको ५६औँ मीनेटमा गुठीका विराज खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै बागलुङ सुधार केन्द्रबाट खेलेका अफ्रिकन खेलाडी अबेक रिचार्जले गोल फर्काएर खेललाई बराबरी गरे । 

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । विजेता गुठी युनाइटेड क्लबले दुई लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता बागलुङ सुधार केन्द्रले एक लाख नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगिता अवधिभर विधागत रूपमा उत्कृष्ट खेल्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो । गण्डकी प्रदेशसभाका सदस्य दीपेन्द्रबहादुर थापाले विजेता खेलाडीलाई ट्रफी प्रदान गरे । प्रतियोगितामा ११ टोलीले भाग लिएको बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार