
काठमाडौँ, फागुन २६ :
नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारी अभियान सुरु गर्दैछ ।
अभियानको आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपाबाट औपचारिक सुरु हुनेछ ।
कांग्रेस दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्न लागेका हुन् ।
अभियानका क्रममा रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल र बहस हुने जनाइएको छ ।