राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेख बुझ्न उपस्थित भएका छन् ।
यसअघि, माघ २५ गते उनले पहिलो तारेख बुझ्न कास्की अदालतमा उपस्थित भएका थिए । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रवि लामिछाने अहिले विभिन्न ठगी मुद्दामा तारेख धाइरहेका छन् । लामिछाने पत्नी निकिता पौडेलसँगै आज बिहान हवाई मार्ग हुँदै पोखरा पुगेका हुन् ।
कास्की अदालतमा आज तारेख बुझेर, रवि लामिछाने सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनेछन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उनले १ करोड रुपैयाँ धरौटी बुझाएर माघ १३ गते रिहा भएका थिए । यस्तै, चितवनको सहारा सहकारी ठगीमा पनि उनले ५४ लाख रुपैयाँ धरौटी बुझाएर माघ २४ गते छुटेका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पनि रवि लामिछानेविरुद्ध मुद्दा दायर भएको छ । जहाँ उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर माघ २ गते छुटेका थिए । पर्साको सानो पाइला सहकारी ठगी मुद्दामा भने उनले हालसम्म मुद्दा दर्ता गराउन बाँकी छ । कास्की अदालतको तारेख बुझेर लामिछाने सोमबार अर्को तारेख बुझ्न रुपन्देही जाने बुझिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान