
काठमाडौँ, फागुन २७ :
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहानैदेखि पदाधिकारी बैठक बस्न लागेको हो ।
आइतबार बस्ने भनिएको बैठक आज बिहानका लागि सारिएको थियो ।
बैठकमा नेताहरूको जिम्मेवारी, तराई- मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि चलाइरहेको हुलाकी राजमार्ग केन्द्रित तराई- मधेस जागरण अभियान स्थगित गरेको थियो।