शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
कर्पोरेट

बतास ट्रयाक्टर्सले गर्‍यो हाइड्रो सेगमेन्टका ग्राहककेन्द्रित सम्मेलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
बतास ट्रयाक्टर्सले गर्‍यो हाइड्रो सेगमेन्टका ग्राहककेन्द्रित सम्मेलन
फागुन २७ :

काठमाडौं
नेपालका लागि क्याटरपिलर हेभी इक्विप्मेन्टको आधिकारिक विक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ ।

क्याटरपिलरको मेसिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकको सहभागिता थियो । क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोसेल्स इन्डियाका सीआई प्रमुख दीपक जोलीले क्याटरपिलरका मेसिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकामा ग्राहकको विश्वास र समर्थनका लागि  धन्यवाद व्यक्त गरेका छन् ।

कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्लले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम् प्रगति प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको प्रस्ट्याएका छन् ।

हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्य

सम्मेलनमा हालै क्याटरपिलर मेसिनरी खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण पनि गरिएको छ । जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी र वन्दन भगवती निर्माण सेवाजस्ता कम्पनी समावेश छन् । कार्यक्रममा गेनवेल कमोसेल्स इन्डियाका सेल्स हेड आनन्द झाले क्याटरपिलर मेसिनरीहरूको प्राविधिक विशेषता, लागत दक्षताबारे विस्तृत जानकारी दिएका छन् । जसमा ३२०डी३ जीसी, २०-टन, २३-टन, र २५-टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडरजस्ता मोडेल समावेश छन् ।

गेनवेल कमोसेल्स इन्डियाका बिक्री तथा प्रबन्धक निर्देशक मुकुल दीक्षितले मुख्य आकर्षण रहेको जीसी सिरिज मेसिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्नेबारे जानकारी दिँदै यस सिरिजले भारतमा हेभी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको बताएका छन् ।

क्याटरपिलरले चौबीसै घण्टा सर्भिस र स्पेयर पार्टस् समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानमा पनि मेसिनरीको परिवहनका लागि डिस्मान्टलिङ र हेलिकोप्टर लिफ्टिङजस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका जानकारी दिइयो ।

बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशीला रहेको र क्याटरपिलर मेसिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए । सम्मेलनमार्फत हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार