काठमाडौं, फागुन २७ :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादकत्व कम हुँदा श्रमिकले उचित पारिश्रमिक नपाइरहेको बताएका छन्।

काठमाडौंमा सोमबारबाट सुरु भएको पाचौँ रा‍ष्ट्रिय श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सीपयुक्त जनशक्ति भए मात्रै जीवन निर्वाह गर्न पुग्ने न्युनतम तलब दिन सक्ने वाताबरण बन्ने बताए ।

प्रमुख रुपमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै भएको दाबी गर्दै ढकालले उद्योग ब्यवसाय बढाउने वातावरण बने मात्रै श्रमिकलाई पारिश्रमिक दिन सकिने बताए ।

उनले सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको रकमलाई सुरक्षित हिसाबले रोजगारी सिर्जना गर्ने गरी लगानी गर्न आवश्यक रहेको पनि बताए । साथै उनले अब नयाँ कानुन अनुसार नियमावली र कार्यविधि परिवर्तन गर्नुपर्नेमा जोडदिए ।