
नेप्से घटेको छ । अघिल्लो दिन ४६.३३ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि २०.६८ अंकले घटेर २,७५१.४२ अंकमा झरेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.५३ अंकले घटेर चार सय ५९ दशमलव ७६ अंकमा झरेको छ । नेप्सेमा आज ३११ कम्पनीको ८७ हजार एक सय ५६ पटकको कारोबारमा एक करोड ५० लाख ९४ हजार नौ सय १५ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा अन्य समूहको सूचक दुई दशमलव शून्य सात अंकले बढेर २४ सय ४९ दशमलव ५७ अंकमा चढेकामा बाँकी समूहहरुको सूचक भने उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव १६ अंकले घटेर १३ सय ९२ दशमलव ३५ अंकमा झरेको छ ।
विकास बैंक समूहको सूचक ४२ दशमलव ७० अंकले घटेर पाँच हजार सात सय ६७ दशमलव ७३ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक १९ दशमलव २३ अंकले घटेर २७ सय ११ दशमलव २३ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ४३ दशमलव ३३ अंकले घटेर तीन हजार ६ सय ८२ दशमलव ३२ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक ५८ दशमलव ३३ अंकले घटेर १३ हजार नौ सय ३१ दशमलव ३८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ८८ दशमलव शून्य पाँच अंकले घटेर १२ हजार आठ सय ४७ दशमलव ६८ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः ६७ दशमलव शून्य नौ, एक दशमलव ६८, ८७ दशमलव ३९, ३२ दशमलव ५०, शून्य दशमलव ६० र ७० दशमलव शून्य ६ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा उपकार लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा परेको छ ।