काठमाडौँ, फागुन २८ :

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छन् । 

बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । 

त्यस्तै दिउँसो एक बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।