
काठमाडौँ, फागुन २८ :
प्रहरीले सुरु गर्न लागेको स्टाफ कलेज सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनवाइ हुँदै छ ।
उक्त रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।
रिपेन्द्र कुमार सहित २० जना डीएसपीले स्टाफ कलेज विरुद्ध रिट दायर गरेका थिए ।