आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

तोसिमा कार्कीको सांसद पद खारेजीसम्बन्धी रिटको सुनुवाइ हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
तोसिमा कार्कीको सांसद पद खारेजीसम्बन्धी रिटको सुनुवाइ हुँदै
काठमाडौं, फागुन २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको पद खारेजीसम्बन्धी रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा यो रिटको सुनुवाइ हुनेछ ।

ललितपुर ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी डा. कार्कीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएकी कारण लाभको पदमा बसिरहेको भन्दै  निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

यस निर्णयविरुद्ध कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै, न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी खारेजको निर्णयलाई बदर गर्दै अन्तरिम आदेश दिएको थियो ।

आजको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तिम आदेश जारी गर्ने तयारी गरेको छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्यको पदमा बसेर उम्मेदवारी दिएकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार