आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

गगन थापा भन्छन्- राजावादी सडकमा आउनुमा सरकार मात्र दोषी छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
गगन थापा भन्छन्- राजावादी सडकमा आउनुमा सरकार मात्र दोषी छैन
फागुन २८ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफू हुँदा सबै ठीक र आफू नहुँदा सबै गयो भन्ने भ्रम त्याग्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै थापाले सबै दलहरूले आजसम्म भएका राम्रा र नराम्रा कुराहरूको जिम्मेवारी सबैले लिनुपर्ने बताए। सांसद थापाले राजावादी सडकमा आउनुमा सरकारको मात्रै दोष नभएको जनाउँदै रिसाएका जनतालाई फकाउनुपर्ने बताए ।

आफूहरूले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने भन्दै उनले संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्न नपर्ने बताए । उनले लोकतन्त्रप्रति आफ्नो दल नेपाली काँग्रेस प्रतिवद्ध रहेको पनि बताए। थापाले संविधान बनेपछि धेरै कुरा गरिएको र धेरै कुरा गर्नबाट चुकिएको पनि बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार