फागुन २८ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफू हुँदा सबै ठीक र आफू नहुँदा सबै गयो भन्ने भ्रम त्याग्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै थापाले सबै दलहरूले आजसम्म भएका राम्रा र नराम्रा कुराहरूको जिम्मेवारी सबैले लिनुपर्ने बताए। सांसद थापाले राजावादी सडकमा आउनुमा सरकारको मात्रै दोष नभएको जनाउँदै रिसाएका जनतालाई फकाउनुपर्ने बताए ।

आफूहरूले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने भन्दै उनले संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्न नपर्ने बताए । उनले लोकतन्त्रप्रति आफ्नो दल नेपाली काँग्रेस प्रतिवद्ध रहेको पनि बताए। थापाले संविधान बनेपछि धेरै कुरा गरिएको र धेरै कुरा गर्नबाट चुकिएको पनि बताएका छन्।