शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

जोगियो तोसिमा कार्कीको सांसद् पद : आयोगको निर्णय सर्वोच्चद्वारा बदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
जोगियो तोसिमा कार्कीको सांसद् पद : आयोगको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं, फागुन २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरेको छ। सर्वोच्च अदालतको मंगलबारको निर्णयसँगै कार्कीको सांसद पद जोगिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले निर्वाचन आयोगको उक्त निर्णयलाई खारेज गर्दै, कार्कीको सांसद पदलाई वैध ठहर गरेको  सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दिएकी थिइन्। 

उक्त रिटमा सर्वोच्च अदालतका न्‍यायाधीश कुमार चुडालको अन्तरिम आदेशले उनको जोगिएको थियो। जसका कारण उनले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद पद जितेकी थिइन्। त्यही मुद्दामा सर्वोच्चले मंगलबार अन्तिम फैसला सुनाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार