
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले त्रिविको पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तामाथि कारबाहीको माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् श्रेष्ठले यस विषयमा प्रश्न गर्दै शिक्षासँग सम्बन्धित थप चार प्रश्नको प्रधानमन्त्री, शिक्षामन्त्री र गृहमन्त्रीबाट जवाफ मागिन् ।
उनले बुँदागत रुपमा भन्दै ‘निजी विद्यालय गुठीमा जान्छ भन्ने कुरा कसले गर्यो थाहा छैन। मुनाफा कमाउनुस् लगानी बढाउनुस् ।’ उहाँकै कार्यकर्ता र भातृसंगठन फेरि २ तहको शिक्षा भयो भनेर…, केएसएलमा सञ्चालकबाट- धुलिखेलमा प्रशासकबाट विद्यार्थी असुरक्षित छन् । जवाफदेहिता खै ?, त्रिविको पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन कारबाही गर्नुहुन्न ? किन ? र सुदूरपश्चिममा विद्यार्थीहरू आफ्नो काम गर्न पाउने स्पेसका लागि आन्दोलनरत छन् थाहा छ कि छैन् ? यी विषयहरुको जवाफ मागेकी हुन् ।
विस्तृत भिडियोमा