
अर्घाखाँची, फागुन २९ :
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विद्युतीय जिप हुदाँ नौ जना घाइते भएका छन् । अर्चलनेटाबाट बुटवलतर्फ बिवाहमा जाँदै गरेको प्रदेश ०१–००१–ज–०१४० जिप बुधबार छत्रदेव गाउँपालिका वाड नम्बर ३ अर्चलनेटा बल्कोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका ३ अर्चलनेटाका दुर्गा पाण्डे, सोही ठाउँ बस्ने सावित्रा भुसाल सावित्राकी छोरी निलम भुसाल घाइते भएकी छन्।
यस्तै, अर्चलनेटका संगिता भुसाल, भुसालकी छोरी तिर्सना भुसाल, सोही ठाउँमै बस्ने सिता भुसाल, अनिरुद्र भट्टराई, कल्पना भारती र प्रेरण भुसाल पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइतेलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीको भनाइ रहेको छ । स्कुल बसलाई साईड दिने क्रममा दुर्घटना भएको प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए ।