भक्तपुर, फागुन २९ :

अरनिको राजमार्ग खण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका- ३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३- ००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका- ६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । 

प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।