आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद फुटबल

विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लब ललितपुरले जित्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लब ललितपुरले जित्यो
मोरङ, फागुन ३० :

विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । 

प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २- ० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । 

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का  खेलाडी दीपेश घलेले ६३ मिनेटमा एक- एक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।

थ्री स्टारका खेलाडी श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई रु ५१ हजार प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत ११ हजार प्रदान गरियो । 

प्रतियोगिताको विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले रु पाँच लाख प्राप्त गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरप्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गोल्ड कप, सिल्ड तथा प्रमाणपत्र वितरण गरे।

प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार