काठमाडाैं, फागुन ३० :

अभिनव साहित्य समाजले  पाँच लाखको स्थायी कोष स्थापना गरी ‘अभिनव कमला महिला समाज सेवा पुरस्कार’ स्थापना गरेको छ। समाजका उपाध्यक्ष विमल अर्यालको सहयोगमा कमला अर्यालको नाममा उक्त कोष खडा गरिएको हो।

समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ का अनुसार हालै सम्पन्न बैठकले समाजसेवा, साहित्य, कला, खेलकुद, उद्योग, व्यापार लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने महिलालाई सम्मान गर्न पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। 

प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शनिबार सो पुरस्कार प्रदान गरिनेछ। सम्मानित व्यक्तिलाई रु २५ हजारभन्दा कम नपर्ने गरी नगदसहित सम्मान गरिनेछ।

अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम गर्दै आएको छ। हालसम्म समाजले २२ लाख अक्षय कोष संकलन गरी नौ वटा पुरस्कार स्थापना गरिसकेको छ।