काठमाडाैं, फागुन ३० :

वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्ला ६ महिनादेखि स्थिर देखिएको ब्याजदर अधिकांश बैंकहरूले यस महिनासमेत यथावत् राखेका छन् ।

फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूको संख्या १८ रहेको छ भने दुई बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा नेपाल बैंक लिमिटेड र हिमालयन बैंक रहेका छन् ।

नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत विन्दुले घटाएको छ । हिमालयन बैंकले ०.७५ प्रतिशत विन्दुले घटाएको छ । अन्य बैंकहरूले भने अघिल्लो महिनाकै ब्याजदर कायम राख्ने निर्णय गरेका छन् ।