विराटनगर, फागुन ३० :

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाले पारित गरेका पाँच विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) अनुसार प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू बिहीबार प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रमाणीकरण भएका विधेयकहरू यस प्रकार छन्:

१. प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक, २०८१
२.प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१
३.केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१
४.प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
५.कोसी प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१


विभिन्न मितिमा प्रदेश प्रमुखको कार्यालयमा आएका यी विधेयकहरू बिहीबार प्रमाणीकरण गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।