
काठमाडौं, चैत १ :
नेपाली बजारमा शुक्रबार सुन ताेलामा चार हजार रुपैयाँले बढेको छ ।
यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलाकाे आज एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सार्वजनिक बिदा थियो भने बुधबार छापावाल सुनको मूल्य एक लाख ७० हजार ५०० रुपैयाँ थियो ।
यसैबीच, बुधबार दुई हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आज दुई हजार ५० रुपैयाँ कायम भएको छ ।