आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार स्वास्थ्य

भक्तपुर अस्पतालको छड्के अनुगमन, राम्रो काम नगर्ने कर्मचारीलाई सरुवा गरिदिने चेतावनी 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
भक्तपुर अस्पतालको छड्के अनुगमन, राम्रो काम नगर्ने कर्मचारीलाई सरुवा गरिदिने चेतावनी 
भक्तपुर, चैत २ :

प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले अनुगमन गरेको छ । 

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के अनुगमन गर्नुभएको हो ।

मन्त्री थापा मगरसहितको टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपिडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसियू, सिटी स्क्यान जडान कक्ष, विभिन्न विभागका सेवाहरुको अनुगमन गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीसँग  भेट गरी अस्पतालको सेवा र सुविधाका बारेमा सोधपुछ गरेको थियो ।

अनुगमन पश्चात मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिए । उनले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएसँगै मेमोग्राम मेशिन सञ्चालन गर्ने, उच्चस्तरीय प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पताललाई नर्सिङ कक्षा सञ्चालन गर्न दिइने, मापदण्ड पुरा नगर्ने अस्पतालको दर्ता, नवीकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग र भक्तपुर अस्पतालमा न्यूरोको ओटी सेवासमेत सञ्चालन गरिने जानकारी दिए  ।

स्वास्थ्य सचिव डा. गौतमले ३०० शय्याको सम्बन्धन पाएको भक्तपुर अस्पतालले पूर्ण शय्यामा सेवा सञ्चालन नगरे शय्या घटुवा गरिने र पाँच वर्षका लागि भनेर दिएपनि १३ वर्षदेखि सञ्चालित मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन छाड्न पत्राचार गर्न निर्देशन दिए । उनले भक्तपुर अस्पताल क्षेत्रभित्र साझा औषधी पसल ल्याउन रोक लगाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दुई वषदेखि देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अस्पताल विकास एवं व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालले सञ्चालनमा ल्याउन लागको क्याबिनको सङ्ख्या चारबाट १० मा पुर्याउन मन्त्रालयलाई सहयोगको आग्रह गरे । 

अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्र भट्टले अस्पतालमा दैनिक एक हजार देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउने गरेको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार